ढुंगाले लागेर महिलाको ज्यान गयो

जुम्ला | मंसिर ६, २०८०

ढुंगाले लागेर महिलाको ज्यान गयो

कालिकोटमा दाउरा लिएर आउने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार कालिकोट जिल्ला तिला गुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ वर्षिया कमला विक कामीको ढुंगा लागेर घाइते भइ ज्यान गएको हो ।  

 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार गाउँबाट केही टाढा दाउरा लिन हिँडिरहेको समयमा माथिबाट ढुंगा आइ टाउकोमा लागेर गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा ज्यान गएको हो ।

 

प्रहरी निरीक्षक तथा सूचना अधिकारी चन्दका अनुसार कर्णाली प्रतिष्ठानमा उपचारको क्रममा कमलाको ज्यान गएको र पोष्ट मार्टम गरी दाहसंस्कारका लागि घर लगिएको जानकारी दिनुभयो । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्